शुरू भयो रातो मत्स्येन्द्रनाथको रथयात्रा (तस्वीरहरू)

वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरू भएको छ। पहिलो दिन ललितपुरको पुल्चोकबाट मत्स्येन्द्रनाथको रथलाई तानेर गाःबहाल पुर्‍याइएको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथलाई विधिवत् रूपमा रथारोहण गरेर यस वर्षको रातो मत्स्येन्द्रनाथको जात्रा शुरू गरिएको छ। मत्स्येन्द्रनाथको मूर्तिलाई ललितपुरको त:बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा विराजमान गराइपछि मत्स्येन्द्रनाथको रथ तानी जात्रा शुरू गरिएको हो। मत्स्येन्द्रनाथको रथलाई बिहीबार पुल्चोकबाट गा:बहाल पुर्‍याइएको छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा देशकै लामो रथ जात्रा हो। रातो मत्स्येन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ। वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर शुरू हुने जात्रा असार चौथीमा राष्ट्रप्रमुखबाट भोटो देखाएर विधिवत् रूपमा समापन हुन्छ। त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ। हेर्नुहोस् तस्वीरहरू :