मे दिवसको प्रदर्शन रोक्नका लागि प्रहरीले इस्तानबुलबाट बिहीबार ४०० भन्दा बढी मानिसलाई पक्राउ गरेको छ।
मे दिवसको प्रदर्शन रोक्नका लागि टर्कीको सबैभन्दा ठूलो शहरका केही भाग ठप्प पारिएको छ भने प्रहरीले इस्तानबुलबाट बिहीबार ४०० भन्दा बढी मानिसलाई पक्राउ गरेको छ।
बुधबार इस्तानबुल शहरका अधिकारीले महानगरमा मेट्रो, बस र फेरी सेवा बन्द गरेर शहरको केन्द्र तक्सिम स्क्वायरमा विरोध गर्ने योजना बनाएका १०० जनालाई पक्राउ गरेका थिए। इस्तानबुलमा सन् २०१३ देखि प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ।
सरकार मुख्य विपक्षी रिपब्लिकन पिपुल्स पार्टी (सीपीएच)सँगको विवादमा फसेका बेला यस वर्षको मे दिवस बनाइँदै छ। सरकारसँगको विवादका कारण राष्ट्रपति पदका उम्मेदवार एकरेम इमामोग्लुलाई पक्राउ गरिएको छ। इस्तानबुलका मेयर रहेका इमामोग्लु राष्ट्रपति रेसेप तैयप एर्दोगानका सबैभन्दा ठूला राजनीतिक प्रतिद्वन्द्वी हुन्।
सीएचडी वकिल समूहको इस्तानबुल शाखाले बिहीबार एक्समा लेखेको छ, “प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या ४०० भन्दा बढी छ।”
सरकारी अधिकारीबाट हिरासतमा लिइएका व्यक्ति बारेमा तत्काल कुनै टिप्पणी सार्वजनिक गरिएको छैन।
शहरको युरोपतर्फबाट दर्जनौँ व्यक्तिलाई पक्राउ गरिएको आफूहरूले देखेको एएफपीका स्थानीय पत्रकारले बताएका छन्। स्थानीय सञ्चारमाध्यम र एएफपीका एक पत्रकारका अनुसार शहरको एशियाली क्षेत्रमा मजदुर युनियनले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन हजारौँ मानिस भेला भएका थिए।
बुधबार अधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलले टर्कीलाई ताक्सिममा भएको प्रदर्शनमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेको थियो।
एम्नेस्टीका युरोपसम्बन्धी विशेषज्ञ दिनानुशिका दिसानायकेले भने, “तक्सिम स्क्वायरमा मे दिवस मनाउन लगाइएको प्रतिबन्ध सार्वजनिक व्यवस्थाका लागि पूर्णतया बनावटी सुरक्षाका लागि लगाइएको हो। यसलाई तत्काल हटाउनुपर्छ।”
हरेक वर्षजस्तै यो वर्ष पनि यस स्क्वायरलाई धेरै दिनदेखि व्यापक प्रहरीसहित कडा सुरक्षा घेरामा राखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
