उदयपुरको कटारीमा सवारी दुर्घटना हुँदा दमक नगरपालिकाका कानून अधिकृतको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
काठमाडौँ– उदयपुरको कटारीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
दुर्घटनामा परेर दमक नगरपालिकाका कानून अधिकृत माधव बस्नेतको मृत्यु भएको हो भने दमक नगरपालिका–१० वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीसहित ६ जना घाइते भएका हुन्।
मदन भण्डारी लोकमार्ग अन्तर्गत कटारी–६ स्थित सोमबारेमा बिहीबार दिउँसो ४:१० बजेतिर मे१च ३०४० नम्बरको गाडी दुर्घटनामा परेको हो। न्यायिक समितिको कार्यक्रममा सहभागी भएर चितवनबाट झापातर्फ जाँदै गरेको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बस्नेतको कटारीस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। भण्डारी र दमक नगरपालिका–१ का राजेन्द्र गौतम गम्भीर घाइते छन्।
गाडी चालक दमक–९ का देवेन्द्र तामाङ, दमक–६ का कमल श्रेष्ठ, दमक–२ का नवीन खतिवडा र गौरादह–१ का भुवन दाहाल पनि घाइते भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
