यस्तो रहनेछ शुक्रबारको मौसम

देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

काठमाडौँ– देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

यसैगरी, राति कोशी ,गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

साथै कोशी र गण्डकीका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातसमेत हुने महाशाखाले जनाएको छ।