यस्तो छ आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

नीति तथा कार्यक्रममा शिक्षा ऐन चालू अधिवेशनबाटै, विद्युत‍् अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयन, जेनजी पुस्तालक्षित स्टार्टअप प्रवर्द्धनसहितका विषय समेटिएका छन्।

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। यो पटकको नीति तथा कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिका नाममा राखिएका सबै परियोजनाको नाम फेरिएको छ।

नीति तथा कार्यक्रममा विद्यालय शिक्षा ऐन चालू अधिवेशनबाट पारित हुने, विद्युत‍्को अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयन गर्ने विषय समेटिएको छ।

त्यस्तै, जेनजी पुस्तालाई प्राथमिकता दिएर स्टार्टअप प्रवर्द्धन, सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गर्न नीतिगत तथा कानूनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिने लगायतका महत्त्वपूर्ण विषय समेटिएका छन्।

त्यस्तै, सरकारले सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन र त्रुटिपूर्ण परियोजना खारेज गर्ने नीति लिने भएको छ।