आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ६ दिन छलफल हुने भएको छ।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ६ दिन छलफल हुने भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि वैशाख २२, २३, २४, २५, २६ छलफल हुने जानकारी गराएका हुन्।
सभामुख घिमिरेका अनुसार सांसदले उठाएका प्रश्नको जवाफ २८ गते दिने गरी कार्यसूची तय भएको छ। छलफल दलीय प्रतिनिधित्वमा आधारमा गरिने छ। छलफलमा भाग लिने सांसदको नाम सम्बन्धित दलका पदाधिकारीले संसद् बैठक प्रारम्भ हुनुभन्दा एक घण्टाअगावै कार्य व्यवस्था शाखा प्रतिनिधिसभा संघीय संसद् सचिवालय नयाँ बानेश्वरमा उपलब्ध गराउनुपर्ने सभामुख घिमिरेले बताए।
त्यस्तै नीति तथा कार्यक्रममाथि दुई दिन संशोधन पेश गर्ने समय तोकिएको छ। सभामुख घिमिरेले वैशाख २० र २१ गते बिहान ११ बजेदेखि दिनको ३ बजेभित्र कार्य व्यवस्था शाखामा संशोधनको प्रस्ताव दिन सकिने समय तोकेको जानकारी सदनमा दिए। प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ।
नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा वैशाख २२ र २३ गते छलफल हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि छलफल गर्न उक्त दिन निर्धारण गरिएको जानकारी गराए। उनले नीति तथा कार्यक्रममाथिको छलफल दलीय प्रतिनिधित्वका आधारमा गर्न सांसदको नाम बैठक प्रारम्भ हुनुभन्दा एक दिन अगावै कार्यव्यवस्था शाखामा उपलब्ध गराउन आग्रह गरे।
अध्यक्ष दाहालले नीति तथा कार्यक्रममाथि संशोधन राख्न चाहने दस्यले सोको सूचना यही वैशाख २१ गते बिहान ११ देखि अपराह्न २ बजेभित्र राष्ट्रियसभाको कार्यव्यवस्था शाखामा उपलब्ध गराउन सक्ने पनि जानकारी दिए। राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २१ गते दिउँसो १२ः१५ मा बस्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
