‘धराप’ बने काठमाडौँका फुटपाथ [तस्वीरहरू]

हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीवासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

तस्वीर: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– काठमाडौँको सडकपेटीमा बनाइएका फुटपाथ पैदल यात्रुका लागि धराप बनेका छन्। अधिकांश फुटपाथ हिँड्न असुरक्षित छन्। दृष्टिविहीनलाई त हिँड्न त्राहीत्राही छ। फुटपाथमा पाइला–पाइलामा अवरोध छन्। अपूरो निर्माण र खाल्डाखुल्डीले गर्दा कतिबेला दुर्घटना हुने ठेगान छैन।

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तार भूमिगत गरिरहेको छ। यसका लागि प्राधिकरणले फुटपाथ नै कब्जा गरेर आफ्ना उपकरण तथा निर्माण सामग्री राखेको छ। यसले गर्दा फुटपाथमा हिँड्न समस्या छ। कतिपय ठाउँमा ढुंगा बिछ्याउन फुटपाथ भत्काइएको छ। 

हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीवासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। कतिपय ठाउँमा फुटपाथमै सवारीसाधन पार्किङ गरिँदा पनि पैदल यात्रुलाई समस्या हुने गरेको छ।