पाकिस्तानी र भारतीय सेनाबीच द्वन्द्व बढ्ने त्रासका कारण भारतीय सीमा क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिएको छ।
पाकिस्तानी र भारतीय सेनाबीच द्वन्द्व बढ्ने त्रासका कारण भारतीय सीमा क्षेत्रका बासिन्दाले आफ्ना परिवारलाई फिर्ता पठाएका छन्। चेनाब नदीको किनारमा बसोबास गर्ने सेन्थको कृषि बस्तीका करिब एक हजार ५०० बासिन्दालाई द्वन्द्वको त्रासका कारण स्थानान्तरण भएको जनाइएको छ।
“हामी दीर्घकालीन योजना बनाउन सक्दैनौँ,” गाउँ प्रमुख सुखदेव कुमारले भए। कठिन अवस्थाका कारण ‘यहाँका अधिकांश गाउँलेहरूले आधारभूत घर बनाउने’भन्दा बढी लगानी नगर्ने उनले उल्लेख गरे।
भारतले कस्मिरमा भएको सर्वसाधारणमाथिको आक्रमणलाई पाकिस्तानले समर्थन गरेको आरोप लगाएपछि दुई छिमेकीहरूबीचको सम्बन्ध बिग्रिएको छ।
पहलगाममा अप्रिल २२ मा भएको आक्रमणमा क्याबो बोकेको आरोपमा भारतीय प्रहरीले तीन जनाको खोजी जारी राखेको छ भने संयुक्त राष्ट्रसंघले उनीहरूलाई आतंकवादी घोषणा गरेको छ।
यता पाकिस्तानले भने २६ जनाको हत्या गर्ने सहयोग गरेको आरोपलाई अस्वीकार गरिरहेको छ।
सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मीर भारत र पाकिस्तानको विवादित क्षेत्र बनेको छ । सन् १९९९ मा दुवै पक्षले आक्रमण गर्दा यो क्षेत्र नराम्ररी प्रभावित भएको जनाइएको छ ।
गाउँप्रमुख कुमारले अधिकांश परिवारले सुरक्षित आवासका लागि अर्को ठाउँमा घर बनाइ सरेको र शिविरमा करिब एक तिहाइ मात्र मानिस रहेको बताए। उनका अनुसार पहलगाममा आक्रमण भएदेखि बालबालिका डरैडरमा बाँचिरहेका छन्।
वार्ताका माध्यमबाट आफ्ना मतभेद समाधान गर्न नयाँ दिल्ली र इस्लामाबादमाथि अन्तर्राष्ट्रिय दबाब बढेको छ। संयुक्त राज्य अमेरिकाले ‘तनाव कम गर्न’ आग्रह गरेको छ। छिमेकी चीनले ‘संयम’ रहन आग्रह गरेको छ। युरोपेली संघले शुक्रबार स्थिति ‘चिन्ताजनक’ भएको चेतावनी दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
