अस्ट्रेलियाको आम निर्वाचनमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको लेबर पार्टी विजयी भएको छ।
अस्ट्रेलियाको आम निर्वाचनमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको लेबर पार्टी विजयी भएको छ। शनिबार सम्पन्न निर्वाचनमा लेबरल पार्टी बहुमत प्राप्त गर्दै गठबन्धनबिना सरकार गठनको सुविधामा पुगेको अस्ट्रेलियाली सञ्चारमाध्यमले जनाएका छन्। प्रधानमन्त्री अल्बानिजको पार्टी दोस्रो पटक तीन वर्षे कार्यकालका लागि विजयी भएको हो।
प्रधानमन्त्री अल्बानिजका प्रतिद्वन्द्वी नेता पिटर डटनले हार स्वीकार गरेका छन्। उनले अल्बानिजलाई बधाईसमेत दिएका छन्। लिबरल-नेशनल गठबन्धनका डटन ब्रिस्बेनको डिक्सनको सिटमा लेबरका अली फ्रान्ससँग पराजित भएका हुन्। उनले आफ्नो पार्टीको पराजय लागि आफू ‘पूर्ण जिम्मेवारी’ रहेको स्वीकार गर्दै आफ्ना सांसदसँग माफी मागेका छन्।
अल्बानिज २०२२ देखि अस्ट्रेलियाको प्रधानमन्त्री छन्। “अस्ट्रेलियालीहरूलाई प्रधानमन्त्रीका रूपमा सेवा गर्न पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो,” आफ्नो विजयपछि अल्बानिजले भने, “आज अस्ट्रेलियालीहरूले अस्ट्रेलियाली मूल्यमान्यता, निष्पक्षता, आकांक्षा र अवसरको पक्षमा मतदान गरेका छन्।”
सत्तामा आएपछि अल्बानिज जनताबीच लोकप्रिय भएका थिए। यद्यपि पछिल्लो समय आवास, आदिवासी मामिला, यहुदीविरोधी र इस्लामोफोबिया जस्ता मुद्दाका कारण दबाबको सामना गर्नुपरेको छ।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)को अनुमानअनुसार लेबर ८६ सिट, गठबन्धन ३९ सिट र ग्रिन्स पार्टी एक वा दुई सिट जित्ने बाटोमा छन्। अन्य साना दल र स्वतन्त्र उम्मेदवार १० सिट अग्रता लिइरहेका छन्।
अस्ट्रेलियामा जनताले प्रत्यक्ष रूपमा प्रधानमन्त्रीको निर्वाचन गर्दैनन्। उनीहरूले सांसदलाई मतदान गर्छन् र सबैभन्दा बढी सिट पाउने दलको नेता प्रधानमन्त्री बन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
