बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतको पुस्तक ‘बाई द बुक’ सार्वजनिक भएको छ।
काठमाडौँ– हवाई उद्यमी एवं बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतको पुस्तक ‘बाई द बुक’ सार्वजनिक भएको छ। स्थापनाको झन्डै २८ वर्षको अवधिमा बुद्ध एयरले हासिल गरेका सफलता र व्यवस्थापकीय पाटोका विभिन्न आयामलाई पुस्तकमा समावेश गरिएका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच कर्मचारी सञ्चय कोषका तत्कालीन प्रमुख प्रशासक संसारभक्त श्रेष्ठ र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शमशेर जबराले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।
कार्यक्रममा श्रेष्ठले सफल व्यवस्थापन र गुणस्तरीय सेवाको नमूना संस्थाका रूपमा स्थापित बुद्ध एयर सबैका लागि प्रेरणादायी भएको बताए। हिमालयन बैंकका सीईओ जबराले हवाई उद्योगको नमूना संस्थाका रूपमा रहेको बुद्ध एयरसँग आर्थिक साझेदारी गर्न पाउनु आफ्ना लागि पनि गौरवको विषय भएको बताए।
लेखक बस्नेतले नयाँ आउने उद्यमीलाई केही सिक्ने अवसर मिलोस् भनेर पुस्तक लेखेको बताए। “यो पुस्तकको अर्थ नियमसंगत हो। बुद्ध एयर शुरूआत गर्दाको सपना र सोचलाई पुस्तकमा समेटिएको छ”, उनले भने, “हवाई उद्योग असाध्यै जोखिमपूर्ण उद्योग हो, विभिन्न बाधा व्यवधान र कठिनाइ आउँछन् तिनलाई कत्ति पनि हरेस नखाई कसरी समाधान र व्यवस्थापन गरेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश पुस्तकमा उल्लेख छ।”
सन् १९९७ मा चार जनाबाट शुरू भएको बुद्ध एयरमा हाल एक हजार ५०० भन्दा बढीले रोजगारी पाएको छन्। बुद्ध एयरसँग हाल १८ थान एटिआर जहाज रहेका छन्। बुद्ध एयरले देशका ४० भन्दा बढी हवाई गन्तव्यमा उडान गरी हालसम्म दुई करोडभन्दा बढीलाई हवाई सेवा दिइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
