स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्यांकन क्षमता बढाउन ४०० भन्दा बढी अस्थायी दरबन्दी थप गर्ने भएको छ।
काठमाडौँ– स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्यांकन गर्न देखिएको जनशक्ति अभावको समस्या समाधान गर्न अस्थायी दरबन्दी थप गरिने भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्डका लागि ४०२ जनशक्ति थपिने भएको छ।
बोर्डका लागि मन्त्री पौडेलले अधिकृतस्तरका ५६ तथा सहायकस्तर र श्रेणीविहीन ३४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव लगेका थिए। हाल बोर्डमा जनशक्ति अभावमा गत साउनसम्मको दाबीमा मात्र मूल्यांकन सकिएको छ।
बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आर्थिक वर्षभित्र बाँकी दाबीमा मूल्यांकन सक्ने लक्ष्यमा सघाउने विश्वास व्यक्त गरे।
मन्त्रिपरिषद्को निर्णयअनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा १२९, गेटा अस्पताल धनगढीमा १४१ तथा डडेलधुरा अस्पतालमा ३१३ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ।
यसले ती अस्पतालहरूले सञ्चालनमा खेपिरेहको समस्या समाधानमा सहजता ल्याउने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए।
“संगठन तथा व्यवस्थापन संरचनाको काम नसकिँदासम्म यसले सेवा सञ्चालनमा बोर्ड र अस्पतालमा सहजता आउने विश्वास गरिएको छ”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
