सुनचाँदीको मूल्य घट्दो क्रममा

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ३ हजार २४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

काठमाडौँ– साताको कारोबारको पहिलो दिन आइतबार एक तोला सुनको मूल्य १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको छ। बुधबार सोही परिमाणको पहेँलो धातु १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला चाँदीको मूल्य आज १ हजार ९१० रुपैयाँ रहेको छ। बुधबार १ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ३ हजार २४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। भारत–पाकिस्तान वैमनस्य तथा चीन–अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।