राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले केआईआईटीमा एकै प्रकृतिको घटना दोहोरिएकाले त्यसबारे सत्य, तथ्य छानबिन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको केआईआईटीमा एकै प्रकृतिको घटना दोहोरिएकाले त्यसबारे सत्य, तथ्य छानबिन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको आइतबारको बैठकको आकस्मिक र शून्य समयमा सांसदले केआईआईटी कलेजमा अध्ययनरत छात्रा प्रिन्सा साहको रहस्यमय निधन भएको उल्लेख गर्दै छानबिन गर्न माग गरेका थिए। त्यसपछि सभाअध्यक्ष दाहालले सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
आइतबारको बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका अन्य विषयको जवाफ संसद् नियमावलीले तोकेको समयभित्रै दिन पनि उनले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।
‘केआईआईटीमा विद्यार्थी पठाउन बन्द गरौँ’
राष्ट्रियसभाका सदस्यले केआईआईटीमा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने भएको छ। साथै उनीहरू त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन नहुनेमा जोड दिएका छन्।
राष्ट्रियसभाको आकस्मिक समयमा उनीहरूले केआइआइटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए।नेकपा एकीकृत समाजवादीका सांसद मदनकुमारी साहले केआईआईटीका लागि एनओसी रोक्न माग गर्दै अभिभावकलाई पनि सचेत हुन आग्रह गरे।
जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले केआईआईटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने माग गरे।
घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्नेहरूमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का गंगाकुमारी बेल्वासे र नेपाल कम्युनिस्ट पार्टी(एमाले)का सुमित्रा बिसी पनि छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
