मर्मतपछि कान्तिलोकपथ सडक सञ्चालनमा

बागमती खोलामा बनाइएको डाइभर्सन मर्मत गरेर हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकमा आइतबार दिउँसोदेखि सवारी आवागमन सुचारु भएको छ।

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकमा आइतबार दिउँसोदेखि सवारीआवागम सुचारु भएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले बगाएपछि सडक अवरुद्ध थियो।

सडक मर्मतसम्भार गरेपछि आइतबार दिउँसो १ बजेदेखि सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। यो सडकखण्डमा केही दिनदेखि स्तरोन्नतिको काम भइरहेको छ।