लन्डनमा आतंकवादविरुद्धका २ छुट्टाछुट्टै कारबाहीमा ८ जना पक्राउ


लन्डनमा आतंकवादविरोधी दुई छुट्टाछुट्टै कारबाहीमा सात इरानी नागरिकसहित आठ जना पक्राउ परेका छन्।

बेलायतको प्रहरीले आतंकवादविरोधी दुई छुट्टाछुट्टै कारबाहीमा सात इरानी नागरिकसहित आठ जनालाई पक्राउ गरिएको जनाएको छ।  लन्डन, स्विन्डन र ग्रेटर म्यानचेस्टर क्षेत्रमा ‘आतंकवादी अपराध’ गर्न खोजेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो।

लन्डनको महानगरीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एउटा अपरेसनमा चार जना इरानीसहित पाँच जनालाई ‘आतंकवादी गतिविधिको तयारी गरेको’ आशंकामा पक्राउ गरिएको छ।”

ती २९ देखि ४६ वर्ष उमेर समूहका पुरुष रहेका र उनीहरूविरुद्ध आतंकवादविरोधी प्रहरीले शनिबार ‘कुनै खास क्षेत्रलाई निशाना बनाउने शंकास्पद षडयन्त्र’ गरेको आरोपमा पक्राउ गरेको थियो।

चारै जना इरानी नागरिकलाई आतंकवाद ऐनअन्तर्गत पक्राउ गरिएको थियो भने राष्ट्रियता अझै पुष्टिको पक्रियामा रहेका अर्का व्यक्तिलाई प्रहरी र आपराधिक प्रमाण ऐन अन्तर्गत हिरासतमा लिइएको हो।

गृहमन्त्री यवेट कूपरले ‘राष्ट्रिय सुरक्षा खतरा’प्रति बेलायतको प्रतिक्रियाअन्तर्गत ‘गम्भीर अभियान’ चालिएको बताए।

महानगरीय प्रहरीका आतंकवादविरोधी प्रमुख डोमिनिक मर्फीले अनुसन्धान द्रुत गतिमा चलिरहेको बताए। उनले प्रभावित क्षेत्रका व्यक्तिहरूसँग नजिक भएर काम गरिरहेका बताए।

“अनुसन्धान अझै प्रारम्भिक चरणमा छ र हामी कुनै सम्भावित उत्प्रेरणा स्थापित गर्न र यस मामिलासँग सम्बन्धित जनतामा थप जोखिम हुन सक्छ कि भनेर पहिचान गर्न विभिन्न प्रकारका अनुसन्धानको खोजी गरिरहेका छौँ।”

यसैबीच शनिबार लन्डनमा आतंकवादविरोधी प्रहरीले चलाएको अर्को कारबाहीमा इरानी नागरिकसहित अन्य तीन जनालाई पक्राउ गरिएको छ।

महानगरीय प्रहरीले लन्डनमा पक्राउ परेका अरू तीनै जना ‘शुक्रबार पाँच जनालाई पक्राउ गरिएको घटनासँग सम्बन्धित नभएको’ पुष्टि गरेको छ।

उनीहरू ३९, ४४ र ५५ वर्षका पुरुष व्यक्ति रहेको र उनीहरूलाई राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत पक्राउ गरिएको थियो। विदेशी हस्तक्षेप र जासुसीलगायत ‘राज्यका खतरा’लाई रोक्ने कानून प्रवर्तनका लागि प्रहरीलाई थप अधिकार दिएको छ।

“यी गम्भीर घटनाहरू हुन् जसले राष्ट्रिय सुरक्षा खतराका लागि हाम्रो प्रतिक्रिया अनुकूलन गर्न जारी आवश्यकतालाई प्रदर्शन गर्दछ,” कूपरले पीए न्यूज एजेन्सीसँग भने, “देशलाई सुरक्षित राख्न आवश्यक सबै कार्य र सुरक्षा मूल्यांकनलाई समर्थन गर्न सरकारले प्रहरी र गुप्तचर निकायहरूसँग काम गरिरहेको छ।”