विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र कम्पनीका सीईओ अकबर हुसेनलाई प्रिन्टिङ उपकरण खरिदमा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको छ।
काठमाडौँ– विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित दुई जनालाई प्रिन्टिङ उपकरण खरिदमा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले आइतबार पौडेलसहित दुई जनालाई सुरक्षण प्रेसको सफ्टवेयर सहितका उपकरण खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै सजाय निर्धारण गरेको हो।
अदालतले पौडेललाई एक वर्ष ६ महिना कैद सजाय सुनाएको छ। कार्यकारी पदमा रहेको भन्दै उनलाई थप ६ महिना पनि कैद सजाय तोकिएको छ। उनलाई अदालतले १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ बिगो, बिगोबराबरको जरिबाना तोकेको छ।
त्यस्तै, म्याक्स इन्टरनेसनल प्रालि र सीईओ अकबर हुसेनका हकमा पनि १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिबाना र सोही बराबरको बिगो असुल गर्नुपर्ने फैसला भएको छ। अदालतले अकबर हुसेनलाई पनि एक वर्ष ६ महिना कैद सजाय ठहर गरेको छ।
त्यस्तै विकल, अकबर र म्याक्स इन्टरनेसनलले क्षतिपूर्तिबापत जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्नुपर्ने फैसला भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण प्रेसको सफ्टवेयरसहितका उपकरण खरिदका लागि सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानूनविपरीत सीमित व्यक्तिविशेष तथा कम्पनीसँग मिल्ने र स्वस्थ प्रतिस्पर्धा नहुने गरी बोलपत्र आह्वान गरी सरकारी सम्पत्तिमा नोक्सानी पुर्याएको भन्दै २०८१ वैशाख ३० गते विकलसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
विकलसँगै मुद्दा खेपिइरहेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई (मेकानिकल) नवीनकुमार पोखरेल, सुरक्षण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरेलाई भने सफाइ दिएको छ।
यो पनि : मुख्य सचिवलाई निलम्बनसम्म डोर्याउने विकल पौडेलः अदालतमा मुद्दैमुद्दा, तीन मुद्दामा दोषी ठहर
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
