हनुमानढोका दरबार क्षेत्रमा ढुंगा बिछ्याएको ६ महिना नबित्दै फेरि खन्न शुरू (तस्वीरहरू)

काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा ढुंगाहरू बिछ्याएको ६ महिना नबित्दै विद्युतीय तार भूमिगत गर्नका लागि फेरि खन्न थालिएको हो।

काठमाडाैँ– काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा ढुंगाहरू बिछ्याएको ६ महिना नबित्दै विद्युतीय तार भूमिगत गर्नका लागि फेरि खन्न थालिएको छ।

महानगरपालिकाले दरबार क्षेत्रमा कंक्रिट प्रयोग गरी छापिएका पुरानो ढुंगा हटाई जमिनमुनि पानी जाने र रिचार्ज हुने हिसाबले कंक्रिटबिना नै नयाँ ढुंगा बिछ्याएको थियो। तर विद्युत् प्राधिकरण र नेपाल टेलिकमका तार भूमिगत गर्नका साथै विभिन्न लाइट जडान गर्नका लागि सोही क्षेत्र पुन: खन्न थालिएको हो।

विश्व सम्पदा क्षेत्र यसरी बारम्बार खन्दा त्यहाँ आउने बाह्य तथा आन्तरिक पर्यटकमार्फत गलत सूचना प्रवाह हुने र यसले देशको पर्यटन क्षेत्रमा पनि असर पार्ने सम्पदाविद्हरू बताउँछन्।

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी।