धरानबाट भोजपुरतर्फ आउँदै गरेको बस धनकुटाको गोठगाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
भोजपुर– धनकुटाको गोठगाउँमा बस दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
धरानबाट भोजपुरतर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस सोमबार बिहान १०ः१५ बजेतिर धनकुटा नगरपालिका–६ गोठगाँउस्थित कोशी लोकमार्गमा सडकबाट तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा परी १४ जना घाइते भएकामा धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ।
अन्य घाइतेमा भोजपुरको षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, बस चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ का रुद्र तामाङ, भोजपुर, पौवादुङमा गाउँपालिका–३ च्याङग्रेका गंगाप्रसाद सापकोटा रहेका छन्।
साथै भोजपुर नगरपालिका–११ का सविना बराइली, सोही ठाउँका देवी टविक, धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का हंशबहादुर राई, भोजपुरको षडानन्द नगरपालिका–११ का पूर्णमाया तामाङ, भोजपुर नगरपालिका–११ का लीलाबहादुर श्रेष्ठ, धनकुटा साँगुरीगढी गाउँपालिका–६ का दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा–६ का धनकुमार विक पनि घाइते भएको प्रहरीले उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
