सोमबार नेप्से परिसूचक ९.९८ अंकले घटेर २६१०.४० को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.९८ अंकले घटेर २६१०.४० को विन्दुमा कायम भएको छ।
यस दिन ३१९ कम्पनीको एक करोड ८४ लाख ३७ हजार ९४२ कित्ता शेयर ६५ हजार ८८४ पटक खरिदबिक्री हुँदा सात अर्ब ६३ करोड ४१ लाख ९३ हजार ६९३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
होटल तथा पर्यटन समूह ०.०२, लघुवित्त ०.११, म्युचुअल फन्ड ०.२० र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
बैंकिङ ०.३८, विकास बैंक ०.७६, वित्त ०.९७, जलविद्युत् ०.७४, लगानी ०.१३ र जीवन बीमा ०.११ प्रतिशतले घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन ०.८८, व्यापार ०.७२ र अन्य समूह ०.२२ प्रतिशतले घटेको छ।
यस दिनको कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगाश्री फार्मास्युटिकल्स र सिटिजन सुपर–३० म्युचुअल फन्डको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
