गैँडाकोटको जुक्तिखोलामा डुबेर २ किशोरको मृत्यु

आइतबार गैँडाकोट नगरपालिका–३ स्थित जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर चितवनका दुई किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ।

मध्यविन्दु–  गैँडाकोट नगरपालिका–३ केलादीस्थित खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ । 

आइतबार स्थानीय जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर चितवनका दुई किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए। 

मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–८ बस्ने १६ वर्षीय प्रमिशन पाठक र भरतपुर–४ धर्मचोकका १६ वर्षीय शिशिर पन्त रहेका छन्। 

साथीहरूसँग जुक्तिखोलामा पौडी खेल्न गएका किशोर डुबेर बेपत्ता भएकामा प्रहरी टोलीले खोजी गर्दा दुवै जनाको शव फेला परेको हो।