चीनको बेइजिङस्थित नेपाली दूतावासमा डेढ वर्षयता रिक्त रहेको ‘इकोनमिक मिनिस्टर’ पदमा सहसचिव पार्वती अर्याल पदस्थापन भएकी छिन्।
काठमाडौँ— चीनको बेइजिङस्थित नेपाली दूतावासमा डेढ वर्षयता रिक्त रहेको ‘इकोनमिक मिनिस्टर’ पदमा सहसचिव पार्वती अर्याल पदस्थापन भएकी छिन्।
अर्थ मन्त्रालयमा कार्यरत अर्याललाई मन्त्रिपरिषद्ले तीन महिनाअघि परराष्ट्र मन्त्रालयमा सरुवा गरेको थियो। परराष्ट्रले चीनसँगको आर्थिक कूटनीतिका क्षेत्रमा काम गर्ने गरी अर्याललाई बेइजिङ नियुक्ति दिएको हो।
अर्यालले विगतमा वाणिज्य मन्त्रालयअन्तर्गत रहेर नेपाल–चीनबीचको कनेक्टिभिटी एवं व्यापार सहजीकरण क्षेत्रमा विज्ञता हासिल गरेकी छिन्। “मेरा लागि यो द्विदेशीय आर्थिक कूटनीतिका क्षेत्रमा प्रवर्द्धनकारी काम गर्ने अवसर हो,” चीन जाने तयारीमा रहेकी अर्यालले भनिन् ।
नेपालले चीनसँग पारवहन सुविधा प्राप्त गर्ने गरी पारवहन यातायात प्रोटोकल–२०१९ मा सम्झौता गरिसकेको छ। नेपालले चीनका ६ वटा सामुद्रिक र स्थलगत बन्दरगाहबाट पारवहन सुविधा पाउने गरी सम्झौता भएको थियो।
व्यापार प्रवर्द्धनसहित आर्थिक कूटनीतिको लक्ष्यमा सघाउ पुग्ने गरी नेपालले चीनको ल्हासासहित छेन्दु र ग्वान्जाओमा महावाणिज्यदूत कार्यालय स्थापना गरिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
