सत्तारुढ दल नेकपा एमालेको धनुषा अधिवेशनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा केही नेता कार्यकर्ता घाइते भएका छन्।
जनकपुर– जनकपुरधाममा जारी सत्तारुढ दल नेकपा एमाले धनुषाको आठौँ जिल्ला अधिवेशनस्थलमा दुई पक्षबीच झडप भएको छ।
निर्वाचन हुने भनिएको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको हल र परिसरमा दुई पक्षबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ।
झडपमा परेर केही स्थानीय नेता–कार्यकर्ता घाइतेसमेत भएका छन्। उनीहरूको विवरण सार्वजनिक भइसकेको छैन।
अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा कुर्सी हानाहान शुरू भएको थियो। त्यसपछि विवादले अहिले उग्ररूप लिएको हो।
गत २० वैशाखदेखि शुरू भएको अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने निर्णय भएको थियो।
सोमबार राति नै मनोनयन दर्ता भएकोमा उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद शुरू भएको थियो।
निर्वाचन समितिले मंगलबार बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्धारण गरेको थियो। तर विवादका कारण अहिलेसम्म मतदान शुरू हुन सकेको छैन।
सुरक्षाकर्मीले स्थित नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
