सिरहा र धनुषा जोड्ने कमला नदीको काठेपुल बाढीले बगाएपछि आवागमनमा समस्या भएको छ। करिब १३ वर्षदेखि यहाँ निर्माणाधीन पक्की पुल अझै अधुरै छ।
सिरहा– हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको काठेपुल बाढीले बगाएपछि आवागमनमा समस्या भएको छ। मंगलबार बिहान आएको बाढीले पुल बगाएको हो।
बाँसबाट बनाइएको यही काठेपुलबाट दैनिक सयौँ मोटरसाइकल तथा स्थानीय ओहोरदोहोर गर्ने गरेका थिए। करिब १३ वर्षदेखि यहाँ निर्माणाधीन पक्की पुल अझै अधुरो छ। यहाँ ६ महिनाअघि सिरहा नगरपालिकाले करिब दुई लाख रुपैयाँ खर्चेर अस्थायी काठेपुल निर्माण गरेको थियो। नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले बाढीले उक्त पुल बगाएपछि आवागमनमा समस्या भएको बताए।
“बाढीले काठको पुल बगाएपछि यहाँ आवागमन नै बन्द हुन पुगेको छ। पैदलयात्री भने पुल छेउमा रहेको भर्याङबाट जोखिम मोल्दै आवतजावत गरिरहेका छन्”, वडाध्यक्ष यादवले भने, “हाल पानीको बहाव बढी रहेको र कम भएपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्छौं।”
विसं २०६८ जेठ ३१ बाट तीन वर्षमा सक्ने गरी ४६९.२ मिटर लामो पुलको निर्माण शुरू भएको थियो। पटक–पटक म्याद थप गरेर १० वर्षमा निर्माणको अन्तिम काम भइरहेका बेला विसं २०७८ असारमा आएको सामान्य बाढीले पुल भासिन पुग्यो।
आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरी फेरि अन्तिम पटक म्याद थप गरिए पनि निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ले बीचमै काम छोडेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
