पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सांसद एनपी साउदले भारत र पाकिस्तानबीच युद्ध शुरू भएको भन्दै यस विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए।
काठमाडौँ– प्रतिनिधिसभा बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिएका छन्।
बुधबारको बैठकमा सांसद सञ्जयकुमार गौतमले भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण भारत र पाकिस्तानबीच युद्ध शुरू भएको भन्दै यसले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावहरूका बारेमा नेपाल सरकारले समयमै सचेत भएर छलफल अघि बढाउन अनुरोध गरे।
दक्षिणपूर्वी एशियाली मुलुकमा द्वन्द्व चर्किएको र यतिबेला राष्ट्रिय राजनीतिक दलको एकता जरुरी भएको उनले औँल्याए। संविधान संशोधन, संघीयताको सवलीकरण, संस्कृतिको संरक्षण र प्रवर्द्धनलगायत विषयमा सबै दलहरूबीच न्यूनतम सहमति गरी आमजनतालाई आशा जगाउनुपर्नेमा उनले जोड दिए।
सांसद सर्वेन्द्रनाथ शुक्लले नेपाल असंलग्न राष्ट्रको रूपमा रहँदै आएको बताए। तर, आतंकवादको सम्बन्धमा नेपालले प्रस्ट हुन आवश्यक रहेको उनको भनाइ छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरे।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सांसद एनपी साउदले पनि यो विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए। उनले हालै पाकिस्तानी सैनिकले नेपाल भ्रमण गरेको विषयसमेत उचित नरहेको बताएका छन्।
“भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिबारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता थियो,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
