ह्वाइट हाउसमा ट्रम्पले सात हप्ता लामो अमेरिकी बमबारीमा ३०० जनाको मृत्यु भएपछि विद्रोहीले आत्मसमर्पण गरेको बताएका थिए।
काठमाडाैँ– संयुक्त राज्य अमेरिका र यमनका हुथी विद्रोहीबीच युद्धविराम गर्न सहमति भएको यमनी मध्यस्थकर्ता ओमानले मंगलबार राति जानकारी गराएको छ। यो सम्झौताले लाल सागर (रेड सी)मा ‘आवागमन स्वतन्त्रता’ सुनिश्चित गर्नेछ जहाँ इरान समर्थित विद्रोहीहरूले महिनौँदेखि पानीजहाजमा आक्रमण गरिरहेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्रोहीहरूले जहाजहरूलाई लक्षित गरी आक्रमण गर्न बन्द गर्न सहमत भएपछि संयुक्त राज्य अमेरिकाले हुथी विद्रोहीविरुद्ध आक्रमण अन्त्य गरिने बताएका हुन्। यद्यपि, उनले सहयोगी इजरायलमा हालैका आक्रमणहरूको प्रत्यक्ष उल्लेख गरेका छैनन्।
ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले भने, “हालैको छलफल र सम्पर्कपछि तनाव कम गर्ने उद्देश्यका साथ दुई पक्षबीच युद्धविराम सम्झौता भएको छ।”
यसबीच कुनै पनि पक्षले अर्को पक्षलाई निशाना नबनाउने उनले बताएका छन्। “सम्झौताले आवागमनको स्वतन्त्रता र रेड सीमा अन्तर्राष्ट्रिय व्यावसायिक सामान ढुवानीको सहज प्रवाह सुनिश्चित गर्दछ,” उनले थपे।
ह्वाइट हाउसमा ट्रम्पले सात हप्ता लामो अमेरिकी बमबारीमा ३०० जनाको मृत्यु भएपछि विद्रोहीले आत्मसमर्पण गरेको बताएका थिए।
विद्रोहीका राजनीतिक नेता महदी अल मशातले सम्झौताबारे कुनै टिप्पणी नगरे पनि इजरायलको मुख्य विमानस्थलमा क्षेप्यास्त्र प्रहारको बदलामा इजरायलले गरेको घातक आक्रमणको ’पीडादायी’ जवाफ दिने वाचा गरेका थिए।
हुथीका प्रवक्ता मोहम्मद अब्देलसलामले विद्रोहीको अल–मसिराह टेलिभिजन च्यानलसँग कुरा गर्दै अमेरिकाको कुनै पनि कदमको जवाफ प्राप्त हुने बताएका छन्। उनले भने, “यदि अमेरिकी शत्रुले आफ्नो आक्रमण फेरि शुरू गर्यो भने हामी आफ्नो आक्रमण फेरि शुरू गर्नेछौं।”
मशातले इजरायलमाथिको आक्रमण ‘जारी रहने’ र ‘इजरायली शत्रुले सामना गर्न सक्ने भन्दा बाहिर जाने’ बताएका छन्।
हुथी विद्रोहीहरूले सन् २०२३ को अन्त्यदेखि रेड सी र एडेनको खाडीमा इजरायल र व्यापारिक जहाजहरूमाथि आक्रमण गर्दै आएका छन्। यमनका विद्रोहीहरूले गाजा युद्धमा हालै दुई महिना सम्म चलेको युद्धविरामका क्रममा आफ्ना आक्रमणहरू रोकेका थिए।
तर मार्चमा, उनीहरूले गाजा पट्टीमा इजरायलको सहायतालाई लक्षित गरी गरिएको नाकावन्दीको विरोधमा पानीजहाजमा आक्रमणहरू पुनः शुरू गर्ने चेतावनी दिएका थिए।
यस्तै, ट्रम्पले पनि हुथीसँगको युद्धविराम सहमतिबारे बताएका छन्। “हुथीहरू अब लड्न चाहँदैनन्। उनीहरू युद्ध गर्न चाहँदैनन्। शान्तिको लागि इच्छुक छन्। हामी यसको सम्मान गर्नेछौं, हामी बमबारी रोक्नेछौं। उनीहरूले आत्मसमर्पण गरेका छन्।”
उनले थपे, “हामीले जे गरिरहेका थियौं त्यसको उद्देश्य पूरा भएको छ। उनीहरूले अब जहाजहरूमा हमला गर्ने छैनन्।”
मार्चको मध्यदेखि अहिलेसम्म यमनमा एक हजारभन्दा बढी लक्ष्यमा अमेरिकी आक्रमण भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गत हप्ता बताएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
