प्रदेश सरकारले नीति एवं कानून निर्माण गरी गरिबीको रेखामुनि रहेका ११ प्रतिशत जनताका नाममा शेयर लगानी गर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए।
मोरङ– कोशी प्रदेशले त्यहाँ निर्माण हुने ठूला जलविद्युत् परियोजनामा नागरिकका नाममा लगानी गर्ने तयारी गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागद्वारा बुधबार आयोजित ‘प्रदेशको समृद्धिका लागि जलस्रोत एवं ऊर्जा’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उक्त जानकारी गराएका हुन्। प्रदेश सरकारले नीति एवं कानून निर्माण गरी कोषमार्फत यस क्षेत्रका गरिबीका रेखामुनि रहेका ११ प्रतिशत जनताका नाममा शेयर लगानी गर्ने उनले बताए।
मुख्यमन्त्री कार्कीले भने, “प्रदेश सरकार यस क्षेत्रका जनतालाई धनी बनाउने र ठूलठूला परियोजनामा नागरिकलाई प्रत्यक्ष सहभागी बनाउने काम गरिरहेको छ।”
उनले सुनसरी, मोरङ, झापा र इलामको दक्षिण क्षेत्रको महत्त्वपूर्ण योजना ‘तमोर चिसाङ डाइभर्सन’ रहेको र यसमार्फत यहाँका नागरिकले विद्युत्, खानेपानी, सिँचाइ प्राप्त गर्नुका साथै पर्यटक आवागमन वृद्धि हुने भएकाले निर्माण चाँडै अगाडि बढाउने जानकारी दिए।
मुख्यमन्त्री कार्कीले मुलुकको समृद्धिको मुख्य आधार रहेको जलविद्युत् परियोजनाका निर्माणका लागि बाटो निर्माण, जग्गा प्राप्तिलगायतका कार्यमा स्थानीय तह, राजनीतिक दलहरूले सहजीकरण गर्न आग्रह गरे।
कार्यक्रममा विभाग प्रमुख मोहनकुमार डाँगीले कोशी प्रदेशको समृद्धिका लागि जलस्रोत र ऊर्जा र विभागका सचिव पुष्पज्योति ढुंगानाले जलविद्युत् उत्पादनमा प्रदेश सरकारको सहजीकरण विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
प्रस्तुत कार्यपत्रअनुसार कोशी प्रदेशमा विभिन्न ४१ वटा निर्माणाधीन जलविद्युत् परियोजनाबाट दुई हजार ३६५ मेगावाट विद्युत् उत्पादन हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
