काठमाडाैँको कपनबाट गएर गत सोमबार साँझदेखि धुलिखेल नगरपालिका–१२ मा बस्दै आएका उनीहरूलाई काठमाडाैँ फिर्ता गरिएको हो।
काभ्रेपलाञ्चोक– धुलिखेल नगरपालिका–१२ शङ्खुमा केही दिनदेखि बस्दै आएका म्यानमारका रोहिंग्या शरणार्थीलाई बुधबार काठमाडौँ फर्काइएको छ।
स्थानीय जनप्रतिनिधि तथा प्रहरीले ११ परिवारका ४९ जना रोहिंग्या शरणार्थीलाई फर्काइएको हो। जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले गत सोमबार साँझदेखि उक्त स्थानमा बसेका उनीहरू काठमाडौँस्थित कपनबाट आएकाले उतै फर्काइएको जानकारी दिए। उनका अनुसार प्रहरी, वडाध्यक्ष मोहनप्रसाद लामिछाने तथा स्थानीयको रोहबरमा फिर्ता पठाइएको हो।
यसअघि विसं २०७६ माघमा पनौती नगरपालिका–३ कुशादेवीमा १० परिवारका १३ बालबालिकासहित ३४ रोहिंग्या शरणार्थीले टहरा बनाएर बसेका थिए। १४० जना शरणार्थी बस्नेगरी टहरा बनाउन लागेको अवस्थामा स्थानीयले अवरोध गरेपछि उनीहरू उक्त ठाउँ छाडेर लसुनटार फर्किएका थिए।
काठमाडाैँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रका टोलमा म्यानमारबाट आएका रोहिंग्या शरणार्थी बस्दै आएका छन्। ती दुई स्थानमा करिब १४ रोपनी जमिनमा करिब ४०० शरणार्थी रहेको अनुमान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
