प्रतिवेदनमा सन् २०२४ को प्रक्षेपण अनुसार विश्वका सबै क्षेत्रहरूमा मानव विकास सूचकांकमा उल्लेखनीय सुधार नदेखिएको उल्लेख गरिएको छ।
विश्वमा मानव विकासको प्रगति सन् १९९० यताकै सबैभन्दा सुस्त रहेको पाइएको छ। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको ‘विकल्पको कुरा: कृत्रिम बुद्धिमत्ताको युगमा मानिस र सम्भावना’ शीर्षकको सन् २०२५ को मानव विकास प्रतिवेदनले यस्तो देखाएको हो।
प्रतिवेदनलाई उद्दृत् गर्दै राष्ट्रसंघ महासचिवका उपप्रवक्ता फरहान हकले सन् २०२०–२०२१ को गम्भीर संकटपछि विश्वले अपेक्षाअनुसार द्रुत गतिमा सुधार गर्ने विश्वास गरिए पनि त्यसो हुन नसकेको बताए।
प्रतिवेदनमा सन् २०२४ को प्रक्षेपण अनुसार विश्वका सबै क्षेत्रहरूमा मानव विकास सूचकांकमा उल्लेखनीय सुधार नदेखिएको उल्लेख गरिएको छ। यदि यही अवस्था दीर्घकालीन रूपमा कायम रह्यो भने, संसार अझ असुरक्षित, विभाजित र आर्थिक तथा वातावरणीय संकटप्रति झनै संवेदनशील बन्ने सम्भावना रहेको चेतावनी दिइएको छ।
स्वास्थ्य, शिक्षा र आयजस्ता सूचकहरूमार्फत गरिएको विश्लेषणले कम विकास सूचकांक भएका मुलुक र उच्च सूचकांक भएका मुलुकहरूबीचको खाडल लगातार चौथो वर्ष पनि अझ फराकिलो बन्दै गएको देखाएको छ । विशेषतः न्यून सूचकांक भएका देशहरू व्यापारिक तनाव, ऋण संकट र प्रविधिमा आधारित बेरोजगारका कारण थप समस्यामा परेका छन् ।
यद्यपि, प्रतिवेदनमा गरिएको सर्वेक्षण अनुसार, धेरैजसो नागरिक कृत्रिम बुद्धिमत्ताको प्रभावप्रति यथार्थवादी तर आशावादी दृष्टिकोण राख्ने देखिएका छन्। सर्वेक्षणमा सहभागी १० मध्ये ६ जनाले प्रविधिले रोजगार क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने र भविष्यमा नयाँ प्रकारका रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
