चितवनमा रेबिज लागेर १ जनाको मृत्यु

इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको रेबिज लागेर मृत्यु भएको छ। उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

सांकेतिक तस्वीर।

चितवन– चितवनमा रेबिज लागेर एक जनाको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ।

उनको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। 

केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो। उपचारमा विलम्ब हुँदा बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रजालाई उपचारका लागि बुधबार मात्रै अस्पताल भर्ना गरिएको थियो।