उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

हेलिकप्टरमा पाइलटसहित सात जना सवार थिए। गम्भीर घाइते एक जनाको उद्धार गरिएको छ।

भारत उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित गंगानानी नजिकै बिहीबार हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। 

पीटीआईका अनुसार हेलिकप्टरमा पाइलटसहित सात जना सवार थिए। गम्भीर घाइते एक जनाको उद्धार गरिएको उत्तरकाशी जिल्ला विपद् व्यवस्थापन अधिकारी शार्दुल सिंहले बताएका छन्।

उनका अनुसार दुर्घटनाको दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन। राज्य विपद् प्रतिक्रिया बल र जिल्ला प्रशासन टोली राहत र उद्धार कार्यका लागि घटनास्थलमा पुगेका छन्।