एक्कासि आएको हावाहुरीका कारण डुंगा पल्टिएर फेवातालको बीचमा फसेका भारतीय पर्यटकसहित सात जनाको सकुशल उद्धार भएको छ।
काठमाडौँ– कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा डुंगा पल्टिएर तालको बीचमा फसेका सात जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।
बिहीबार फेवातालमा एक्कासि आएको हावाहुरीका कारण भारतीय पर्यटक सवार स्टयान्डिङ डबल प्याडल बोट पल्टिएको थियो।
सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बोट पल्टिएर फेवातालको बीचमा फसेका भारतीय नागरिक सोनु बर्मा, नेहा शेखावत, अरुण चौधरी, पुनम चौधरी, प्रविण दीक्षित, श्याम प्रजापति र पोखराको गुरुङगाउँका नन्दबहादुर गुरुङको उद्धार भएको हो।
उद्धारपश्चात् गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गण्डकी मेडिकल कलेजतर्फ पठाइएको उनले बताए। अन्य ६ जना भने अवस्था सामान्य रहेका सशस्त्र प्रहरीले जनाएको छ।
उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको गोताखोरसहितको टोली परिचालित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
