राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही र कपिलवस्तुका ५ व्यवसायीमाथि मुद्दा दायर गरेको छ।
लुम्बिनी– राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही र कपिलवस्तुका व्यवसायीमाथि मुद्दा दायर गरेको छ।
राजस्व अनुसन्धान कार्यालयले कपिलवस्तुमा विदेशी मुद्रा अपचलन गरेको आरोपमा चार जनालाई विदेशी विनिमय अपचलन अभियोगमा र रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–७ मा भान्जा स्टोर्स एन्ड हाउसका सञ्चालक बरकत अलि मियाँलाई राजस्व चुहावटसम्बन्धी कसुरमा बिहीबार मुद्दा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिए।
राजस्व अनुसन्धान कार्यालय, बुटवलको अनुसन्धानका आधारमा कपिलवस्तुस्थित शुद्धोदन गाउँपालिका–६, बिमिहाका राजेशकुमार वर्मा, राकेशकुमार वर्मा, जंगबहादुर वर्मा (सोनार) र कपिलवस्तुको मायादेवी गाउँपालिकाका–१, इमिलियाका हमीद मुसलमानबाट बरामद भएको भारतीय मुद्रा २१ लाख, ३८ हजार रुपैयाँ बरामदित भारतीय मुद्रा अवैध रूपमा भारतबाट नेपालसम्म ओसारपसार गर्दै गरेको अवस्थामा बरामद गरिएको थियो।
उनीहरूलाई विदेशी भारतीय मुद्रा अपचलनसम्बन्धी कसुरमा अनुसन्धान सम्पन्न गरी कपिलवस्तु जिल्ला अदालत, तौलिहवा, कपिलवस्तुमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधनसहित) दफा १८ क(१) बमोजिम मुद्दा दायर गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए।
उक्त कार्य विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधनसहित) को दफा ३, ४ र ५ तथा सोही ऐनको दफा १२ को अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, विदेशी विनिमय व्यवस्थापन विभागले मिति २०७८/०९/२३ मा जारी गरेको एकीकृत परिपत्र–२०७८ को दफा (७) मा भएको व्यवस्थाले विदेशी विनिमय अपचलन गर्ने गरेको अनुसन्धानबाट देखिएकाले मुद्दा दायर गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए।
प्रतिवादीहरूका साथबाट बरामद भारतीय मुद्राको नेपाली ३४ लाख २४ हजार रुपैयाँ सात बिगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) को दफा १७(१) बमोजिम हदैसम्मको जरिबाना गरी पाउन र बरामद भएको प्रतिबन्धित भारतीय रुपैयाँ जफत गरी पाउन माग गरिएको छ।
साथै उक्त रकम ओसारपसार गर्न प्रयोग गरिएको यूपी ५५ एएम ०४५९ नम्बरको भारतीय गाडीसमेत नियन्त्रणमा लिइएकाले जफत गरी हदैसम्मको कारबाहीको माग गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए।
यस्तै, बुटवल उपमहानगरपालिका–७ स्थित भान्जा स्टोर्स एन्ड हाउसका सञ्चालक मियाविरुद्ध बिहीबार नै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २०(६) बमोजिम उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए।
मियाले मूल्य अभिवृद्धि कर असुल नगरेको, बिक्रीबिजक जारी नगरी बिक्री गरेका साथै कस्मेटिक्सजन्य मालवस्तुहरूको खरिद बिलबिजक तथा भन्सार पैठारीको स्रोतबिना चोरीपैठारी गरी ल्याइएका मालवस्तु बिक्रीवितरण गरेका साथै गैरविजक जारी गरी मालवस्तु बिक्री गरेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड (ख), (छ) र (झ) बमोजिम कसुर गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको उनले जानकारी दिए।
प्रमुख अनुसन्धान अधिकृत घिमिरेका अनुसार उनीमाथि भन्सार चोरीपैठारी, मूल्य अभिवृद्धि कर छली र आयकरतर्फ गरी एक करोड ५५ लाख ६६ हजार बिगो असुलउपर गरी बिगोको शतप्रतिशत जरिबानासमेत गरी तीन करोड ११ लाख ३२ हजार रुपैयाँ असुलउपर र हदैसम्मको कैद सजायको मागदाबी गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
