कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत

मंसिर ४ गते सम्पन्न निर्वाचनमा हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित शाही कर्णाली प्रदेश सरकारको बहालवाला मुख्यमन्त्री हुन्।

काठमाडौँ– नेपाली कांग्रेसको कर्णाली प्रदेशसभा दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन्।

कांग्रेसले कर्णाली प्रदेशमा दलको नेता चयनका लागि कृष्णबहादुर रोकाय संयोजक रहेको निर्वाचन समिति बनाएको थियो।

रोकायका अनुसार तोकिएको समयभित्र अन्यको उम्मेदवारी नपरेकोले शाही कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा निर्विरोध निर्वाचित भएका हुन्।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित शाही कर्णाली प्रदेश सरकारको बहालवाला मुख्यमन्त्री हुन्।

दलको नेतामा संस्थापनइतर पक्षबाट राजीवविक्रम शाहले दाबी गरे पनि अन्तिम समयमा पछि हटेका थिए। शाह जाजरकोटबाट प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन्।