पूर्वजमदार थापाले निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा कार्यरत तत्कालीन सेनानी अधिकारी र कार्की तथा तत्कालीन प्रमुख सेनानी खड्काको निर्देशनअनुसार आफूले काम गरेको बयान दिएका छन्।
काठमाडौँ– नेपाली सेनाका सहायक रथी रोशन खड्काको नाम सैनिक कल्याणकारी कोषको २ करोडभन्दा बढी रकम अपचलन प्रकरणमा जोडिएको छ। साथै, सेनानी बोधराज कार्की, अवकाशप्राप्त सेनानी लक्ष्मण अधिकारी र अवकाशप्राप्त जमदार आत्मराम थापाको मिलेमतोमा कोषको रकम दुरूपयोग भएको खुलेको छ।
बहालवाला सैनिक अधिकारीमाथि सेनाको ‘कोर्ट अफ इन्क्वाइरी’ले छानबिन गरिरहेको छ भने प्रहरीको नियन्त्रणमा रहेका पूर्वजमदार थापा र अवकाशप्राप्त सेनानी अधिकारीविरुद्ध मुद्दा दायर भइसकेको छ। अवकाशप्राप्त सेनानी अधिकारी विदेशमा रहेको खुलेको छ। उनलाई फरार अभियुक्त बनाएर मुद्दा दायर भएको हो।
निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखाबाट आवास तथा बीमाबापतको रकम भुक्तानी गर्दा नक्कली भुक्तानीकर्ता खडा गरेर रकम अपचलन गरेको सेनाको आन्तरिक छानबिनबाटै खुलेको थियो। तत्कालीन समयमा उक्त शाखामा कार्यरत जमदार थापाको प्रत्यक्ष संलग्नता रहेको देखिएको थियो।
रकम अपचलनमा संलग्न रहेको भनी थापाले किटान गरेका व्यक्तिमध्ये बहालवाला सैनिक अधिकारीलाई सैनिक ऐनबमोजिम कानूनी कारबाही अगाडि बढाइने भन्दै सैनिक प्रहरी गण जंगी अड्डाले २०८१ चैत ३१ मा जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेको थियो।
पक्राउ परेका थापा र अवकाशप्राप्त सेनानी अधिकारीको हकमा पक्राउ गरी अनुसन्धान गरी पाउँ भन्दै सैनिक प्रहरी गण जंगी अड्डाले पत्र लेखेको थियो। त्यसपछि परिसरले आपराधिक विश्वासघात गरी ठगी गरेको कसुरमा उनीहरूमाथि अनुसन्धान अघि बढाएको थियो।
प्रहरीको अनुसन्धानका क्रममा २०७४ कात्तिक १३ देखि २०७५ भदौ २६ सम्मको अवधिमा १४४ चेकहरूबाट एक करोड ७४ लाख २१ हजार ३२९ रुपैयाँ र २०७३ फागुन ९ देखि २०७५ असोज १७ गतेसम्मको अवधिमा ४० थान चेकबाट ४७ लाख ६४ हजार १८५ रुपैयाँ भुक्तानी गरी कुल दुई करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ हिनामिना भएको खुलेको छ। यससँग सम्बन्धित चेक लगायतका कागजात प्रमाणका रूपमा पेश गरिएको छ।
हिनामिनामा मुछिएका अवकाशप्राप्त कर्मचारी थापा र तत्कालीन सेनानी अधिकारी फरार रहेको उल्लेख गर्दै परिसरले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ। जिल्ला प्रहरी परिसरले अनुसन्धानका लागि हिनामिनामा मुछिएका सहायक रथी खड्का र सेनानी कार्कीको पनि बयान लिनुपर्ने भने पनि नेपाली सेनाले भने बहालवाला सैनिक कर्मचारीको हकमा सैनिक ऐनअनुसार अनुसन्धान भइरहेको भन्दै पत्र पठाएको थियो।
पूर्वजमदार थापाले निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा कार्यरत तत्कालीन सेनानी अधिकारी र कार्की तथा तत्कालीन प्रमुख सेनानी खड्काको निर्देशनअनुसार आफूले काम गरेको बयान दिएका छन्। “तत्कालीन सेनानी अधिकारीसमेतले भनेबमोजिम तथा दिएको लिस्टबमोजिमको चेकहरू तयार गर्न लगाउने गरेकाले मैले सोहीअनुसार चेकहरू भर्ने गर्थें,” उनले अनुसन्धानका क्रममा भनेका छन्, “चेकमा हस्ताक्षर गरेर मलाई रकम भुक्तानी लिई आउनु भनी पठाउने र मैले सो चेकहरू सटही गरी नगदै रकम लिई उहाँहरूलाई नै दिने गर्थे।”
आफू जुनियर कर्मचारी भएको र चेन अफ कमान्डमा चल्नुपर्ने भएकाले उनीहरूले भनेबमोजिम काम गरेको उनले बयानमा उल्लेख गरेका छन्। सेनाबाट राजीनामा (स्वैच्छिक अवकाश) उपदान, मृतक सकल दर्जाका कर्मचारीहरूले प्राप्त गर्ने आवास तथा बीमाबापतको रकम भुक्तानी आवास तथा बीमा शाखाले गर्थ्यो। सोही शाखामा कार्यरत उनीहरूले नक्कली नाम खडा गरेर उनीहरूकै नाममा चेक तयार पारी रकम हिनामिना गरेको खुलेको हो।
पक्राउ परेका थापाले आफूले नेपाल बैंक लिमिटेडको त्रिपुरेश्वर शाखामा चेक पेश गरी रकम भुक्तानी लिएको र उक्त रकम काम लगाएका अधिकारीलाई नै दिने गरेका बताएका छन्। त्यसबापत सेनानी अधिकारीले आफूलाई बिदामा सहुलियत, पेट्रोलको कुपन र क्यान्टिनमा खाजा खाएको पैसा तिरिदिएको उनको भनाइ छ।
आपराधिक विश्वासघात गर्न नहुने कसुरमा पाँच वर्षसम्म कैद र पचास हजार जरिबाना हुने कानूनी व्यवस्था छ। त्यस्तै, उक्त कसुरबाट कसैलाई हानि, नोक्सानी पुगेको देखिएमा कसुरदारबाट बिगो खुलेमा बिगो असुल गरी पीडितलाई भराई दिनुपर्ने र बिगो नखुलेकोमा पीडितलाई मनासिब क्षतिपूर्ति भराई दिनुपर्ने उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
