जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ।
काठमाडौँ– भारत र पाकिस्तानबीच द्वन्द्व चर्किँदै गएपछि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीलाई सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ।
जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै राजदूतावासले भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको हो।
राजदूतावासले शुक्रबार अत्यन्त जरुरी सूचना जारी गर्दै संकटकालीन अवस्थामा सुरक्षित र आपत्कालीन सेवाप्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरू पालना गर्न भनेको छ।
आपत्कालीन अवस्थामा आएमा आवश्यक समन्वय र सहजीकरणका लागि +९१-११२३४७६२०० र +९१ ८९२९६०१९२५ मा सम्पर्क गर्न राजदूतावासले आग्रह गरेको छ।
त्यस्तै, पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जनाएको छ। परराष्ट्र मन्त्रालय पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीको सुरक्षा तथा हित सुनिश्चित गर्न नेपाल सरकार पूर्ण रूपमा सचेत रहेको जनाएको छ।
तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको सम्पर्क नम्बर +९२ ३३१३२९३११९ र +९२ ३४०५१७४२६१ मा सम्पर्क सकिने मन्त्रालयको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
