चार हप्ताअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिगिँदा शुक्रबारदेखि पुनः उत्पादन बन्द भएको छ।
मकवानपुर– चार हप्ताअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिगिँदा शुक्रबारदेखि उत्पादन बन्द भएको छ। आर्थिक संकटका कारण कच्चापदार्थ कोइलालगायत अन्य उपकरण खरिद गर्न नसकेपछि विगत ६ महिनादेखि उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको थिएन।
चार हप्ताअघि पुनः उद्योग व्यवस्थापनले उत्पादन शुरू गरेकामा हाल आएर किलमिलका केही उपकरण मर्मत गर्नुपर्ने र केही उपकारण खरिद गरी जडान गर्नुपर्ने भएपछि एक हप्तापछि उत्पादन गर्ने गरी बन्द भएको उद्योगका निमित्त महाप्रबन्धकन विनकुमार कर्णले जानकारी दिए।
हाल उद्योगबाट उत्पादित सिमेन्ट बोरामा प्याकिङ भइरहेको निमित्त महाप्रबन्धक कर्णले बताए। तत्कालीन सरकारले यस उद्योग विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना गरेको थियो। उद्योगले विसं २०४३ मंसिर २६ गतेदेखि व्यावसायिक सिमेन्ट उत्पादन शुरू गरेको थियो।
सरकारले उद्योग निर्माणका लागि एक अर्ब ५० करोड रुपैयाँ लगानी गरेको थियो। सो उद्योगले साबिकमा सिमेन्ट उत्पादन दैनिक १८ हजार बोरा गरेको भए पनि विभिन्न उपकरण जीर्ण भएका कारण हाल दैनिक १२ हजार बोरा मात्र उत्पादन हुने गरेको उद्योग व्यवस्थापनले जनाएको छ।
उक्त उद्योगमा अहिले प्रशासन, लेखा भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी करिब दुई सय जनाले स्थायी रोजगारीको अवसर पाइरहेका छन्। उद्योगले मकवानपुरको भैँसे, ओखरेखानी र धादिङको जोगिमाराबाट दैनिक चुन ढुंगा ढुवानी गरी ल्याउने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
