विगतमा सडक नहुँदा भारतीय बजारमा निर्भर रहेको नरैनापुरलाई हुलाकी सडकले सदरमुकाम नेपालगन्जसँग सीधा सम्पर्क गराएको छ।
राँझा– बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारी अवस्थित नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि सुगम बन्दै गएको छ।
हुलाकी सडक निर्माणसँगै अहिले नरैनापुरबाट करिब आधा घण्टामै सदरमुकाम नेपालगन्ज पुग्न सकिने भएको हो। हुलाकी सडक नरैनापुरवासीको लाइफलाइन बनेको नरैनापुर गाउँपालिका–४ निवासी ताजमोहम्मद खानले बताए। “भारतको बाटो हुँदै नेपालगन्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ,” खानले भने।
हुलाकी सडक निर्माण भएपछि नेपालगन्जबाट नरैनापुरको सीमावर्ती क्षेत्र सुईया बघौडासम्म दैनिक रूपमा चार वटासम्म सार्वजनिक यात्रुवाहक बस सञ्चालन हुने गरेका छन्। यसले नरैनापुरवासीको स्वास्थ्य र शिक्षामा समेत सहज पहुँच पुगेको नरैनापुर–६ का अगुवा सोहनलाल यादवको भनाइ छ।
“बिरामीलाई अस्पताल पुर्याउन धेरै कठिन थियो। अहिले गाउँघरमै एम्बुलेन्स पुग्ने भएकाले बिरामीलाई सजिलै नेपालगन्जका अस्पतालमा लैजान सकिन्छ,” यादवले भने, “नरैनापुरमा अहिलेसम्म उच्च शिक्षा अध्ययनको लागि क्याम्पस छैनन्, हुलाकी सडक बनेपछि विद्यार्थीलाई नेपालगन्ज पढ्न जान आउन धेरै सजिलो भएको छ।”
विगतमा सडक नहुँदा भारतीय बजारमा निर्भर रहेको नरैनापुरलाई हुलाकी सडकले सदरमुकाम नेपालगन्जसँग सीधा सम्पर्क गराएको यादवले बताए। भित्री गाउँसम्म पुग्ने सडक निर्माणमा अब गाउँपालिकाले ध्यान दिनुपर्ने उनको भनाइ छ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले हुलाकी सडक निर्माण भएसँगै नरैनापुरवासीको जीवनयापनमा आमूल परिवर्तन आएको बताए। गाउँपालिकाका ६ वटै वडाका गाउँबस्तीसम्म पुग्ने सडक निर्माणलाई आफूले प्राथमिकता दिएको उनले उल्लेख गरे।
बहुप्रतीक्षित नेपालगन्ज–बघौडा सडक निर्माण चर्चा शुरू भएको दुईदशक बढी समयपछि निर्माण सम्पन्न भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
