लालबहादुर कक्षा ७ पढ्दापढ्दै २०३५ सालमा प्रहरीमा भर्ती भएका थिए। २०४२ सालमा तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माविबाट एसएलसी दिएर उत्तीर्ण भएका थिए।
गोरखा– शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाई। पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा पुग्दा शुरूमा कतिपय झुक्किए, शिक्षक हुन् कि परीक्षार्थी भनेर।
तर उनी हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षार्थी हुन्। भवानी माविमा शिक्षा संकायमा अध्ययनरत उनी अमरज्योति जनता मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन्। कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट १० परीक्षार्थी भित्र परेका विकलाई कक्षा १२ पनि सजिलै उत्तीर्ण गर्छु भन्ने आत्मविश्वास छ। “अंग्रेजी विषयमा चाहिँ एक दुई वटा वटा प्रश्नका उत्तर लेख्न सकिनँ, तर फेलै चाहिँ भइन्न होला,” उनले भने, “बाँकी विषय त सजिलै छन्। आफ्नै शैलीमा लेख्न सक्छु।”
विक २०५५ सालमा नेपाल प्रहरीको सहायक निरीक्षकबाट सेवानिवृत्त भएका थिए। कक्षा ७ पढ्दापढ्दै २०३५ सालमा प्रहरीमा भर्ती भएका उनले २०४२ सालमा तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माविबाट एसएलसी दिए। “त्यतिबेला जागिर खाँदै पढ्ने कुरा सजिलो थिएन। एसएलसी दिने बेला पनि ‘सिनियर कमान्डर’हरूले नपढोस् भनेर धेरै काम लगाउँथे,” उनले सुनाए, “दलितको छोरो पढेर हामीभन्दा ठूलो हुने भयो भनेर सिनियरहरूले खुबै पेल्थे। तर जसोतसो एसएलसी दिएँ। तेस्रो श्रेणीमा उत्तीर्ण पनि भएँ।”
उनका अनुसार पहिला गाउँकै स्कुल पढ्न पनि पैसा लाग्थ्यो। “हामी चार भाइ, एक बहिनी थियौँ। आर्थिक अभावका कारण पढाइ छोड्नु पयो। तर, मनबाट शिक्षाको भोक हराएन,” उनी भन्छन्। पढाइलाई निरन्तरता दिन चाहन्थे। तर, घर व्यवहार र आर्थिक अभावका कारण सकेनन्। “छोराछोरी जन्मिसकेका थिए। आफ्नो रहरमात्र हेरेर भएन। घर व्यवहार पनि चलाउनु पर्यो,” विगत सम्झँदै विकले भने, “पेन्सन आएपछि पनि पढ्ने अनुकूलता मिलेन। अहिले छोराछोरीहरू सबै हुर्किए। बिहेबारी भइसक्यो। अब पढ्नलाई सहज छ। कक्षा १२ पछि स्नातकमा कानून विषय लिएर पढ्ने इच्छा छ।”
विकका चार छोरा, एक छोरी र श्रीमती छन्। छोरा वैदेशिक रोजगारीमा छन्। उनीहरूले पनि बुवालाई पढ्न प्रोत्साहन गर्छन्। यस वर्ष गोरखाबाट तीन हजार ७५० जना विद्यार्थीले सहभागिता जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
