मार्चमा बेरोजगार रहेका ६१ प्रतिशत व्यक्ति अप्रिलमा पनि बेरोजगार नै रहेका थिए, जुन अघिल्लो वर्षको तुलनामा उच्च अनुपात हो।
क्यानडामा बेरोजगारीदर निरन्तर बढ्दै गएको छ। अप्रिलमा ०.२ प्रतिशतले वृद्धि भई यहाँको बेरोजगारीदर ६.९ प्रतिशत पुगेको छ। राष्ट्रिय तथ्यांक निकाय स्टाटिस्टिक्स क्यानडाका अनुसार मार्चमा पनि ०.१ प्रतिशतले बढेको थियो।
यय वृद्धिसँगै बेरोजगारीदर सन् २०२४ को नोभेम्बरमा पुगेको स्तरमा फर्किएको हो, जुन जनवरी २०१७ यताकै उच्चतम दर हो। यद्यपि सन् २०२० र २०२१ का महामारी वर्षहरूलाई बाहिर राखिएको छ।
अप्रिलमा रोजगारी खोजिरहेका व्यक्तिले अघिल्लो वर्षको तुलनामा अझै बढी कठिनाइको सामना गर्नु परेको देखिएको छ। मार्चमा बेरोजगार रहेका ६१ प्रतिशत व्यक्ति अप्रिलमा पनि बेरोजगार नै रहेका थिए, जुन अघिल्लो वर्षको तुलनामा उच्च अनुपात हो।
अप्रिलमा समग्र रोजगारीमा खासै परिवर्तन देखिएन भने रोजगारी दर ०.१ प्रतिशत अंकले घटेर ६०.८ प्रतिशतमा झरेको बताइएको छ। १५ देखि ६९ वर्ष उमेर समूहका कर्मचारीमध्ये १३.२ प्रतिशतले आफ्नो कार्यस्थलमा आगामी ६ महिनाभित्र कर्मचारी संख्या घट्ने अपेक्षा व्यक्त गरेका छन्।
यस्तै, अमेरिकी मागमा निर्भर क्यानाडेली निर्यात उद्योगमा कार्यरत कर्मचारीमध्ये यो अनुपात १८.६ प्रतिशत रहेको स्टाटिस्टिक्स क्यानडाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
