भारत र पाकिस्तानले तत्काल लागू हुने गरी युद्धविराम गर्ने सहमति जनाएका छन्।
भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्।
बीबीसीका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रीले पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराम गर्ने सहमति भएको बताएका हुन्।
“पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैँ यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयास गरेको छ,” दारले भने।
भारतका विदेशसचिव मिश्रीले भारत र पाकिस्तान दुवैले भारतीय समयअनुसार ५:०० बजेदेखि ‘जमिनी, हवाई र समुद्रबाट हुने गोलीबारी र सैन्य कारबाही बन्द गर्ने’ बताए।
पाकिस्तानका लागि सैन्य अपरेसनका महानिर्देशकले शनिबार दिउँसो भारतीय समकक्षीलाई फोन गरेर दुवै पक्षले गोलीबारी बन्द गर्ने कुरामा सहमति भएको उनको भनाइ छ।
“दुवै पक्षलाई यस समझदारीअनुसार कदम चाल्न निर्देशन दिइएको छ। दुवै देशका सैन्य अपरेसनका महानिर्देशकहरूले मे १२ मा दिउँसो १२ बजे यसबारे फेरि छलफल गर्नेछन्,” उनले भने।
अमेरिकाको नेतृत्वमा भएको वार्तापछि भारत र पाकिस्तान शनिबार युद्धविरामका लागि सहमत भएका हुन्।
युद्धविराम गर्न भारत र पाकिस्तान सहमतिको पहिलो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गरेका थिए।
सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा उनले भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएको घोषणा गर्न पाउँदा खुशी लागेको लेखेका छन्।
जम्मू–कश्मीरको पहलगाममा पर्यटकले बन्दुकधारीमाथि गरेको आक्रमणपछि दुवै देशले एकले अर्कामाथि आक्रमण थालेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
