इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा उकालोमा अनियन्त्रित भएर टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
काभ्रेपलान्चोक– मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको टिपर उकालोमा अनियन्त्रित भएर दुर्घटना भएको हो।
उकालो चढ्ने क्रममा ब्याक भई करिब १०० मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो।
यसअघि गत चैत ३१ गते मण्डनदेउपुर–२ ठकुरीगाउँस्थित निर्माणाधीन होटलको कम्पाउन्डभित्र बालुवा झार्न पछाडि सार्ने टिपर डिलबाट खस्दासमेत चालकको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
