ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

कोइला बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको मधेश प्रदेश०३–००१ख ९८१७ नम्बरको ट्रक आइतबार बिहान सडकमा पल्टिएको थियो।

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ। वीरगन्जबाट काठमाडौँ जाँदै गरेको मधेश प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आइतबार बिहान पल्टिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फी खुला गरेको छ। दुर्घटनामा मानवीय क्षति नभएको उनले बताए। दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ।