दक्षिणपन्थी राष्ट्रपति जोस राउल मुलिनोका सहयोगी मार्टिनेलीलाई सन् २०२३ मा सम्पत्ति शुद्धीकरणको अभियोगमा ११ वर्षको जेल सजाय सुनाइएको थियो।
पानामाका पूर्वराष्ट्रपति रिकार्डो मार्टिनेलीले शनिबार कोलम्बिया आइपुगेको घोषणा गरेका छन्।
मार्टिनेलीले इन्स्टाग्राममा आफ्नो एक फोटो पोस्ट गर्दै आफू कोलम्बियाको राजधानी बोगोटामा बस्न पाउँदा खुसी र सन्तुष्ट रहेको बताएका हुन्। निकारागुआको दूतावासमा १५ महिना बिताएपछि उनलाई कोलम्बियामा शरण दिइएको हो।
पानामाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पानामा सरकारले पनामाका नागरिक रिकार्डो अल्बर्टो मार्टिनेली बेरोकललाई कोलम्बियामा सुरक्षित प्रस्थानका लागि आवश्यक सुरक्षित आचरण प्रदान गरेको छ।”
दक्षिणपन्थी राष्ट्रपति जोस राउल मुलिनोका सहयोगी मार्टिनेलीलाई सन् २०२३ मा सम्पत्ति शुद्धीकरणको अभियोगमा ११ वर्षको जेल सजाय सुनाइएको थियो।
सन् २००९ देखि २०१४ सम्म राष्ट्रपति रहेका ७३ वर्षीय मार्टिनेलीलाई एक प्रकाशन गृहमा शेयर खरिद गर्न चोरी भएको सार्वजनिक पैसा प्रयोग गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।
पक्राउ पुर्जी जारी हुनुभन्दा केही समयअघि उनले सन् २०२४ फेब्रुअरीमा निकारागुआको दूतावासमा शरण लिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
