न्युजिल्यान्ड: मान्छेभन्दा भेडा धेरै भएको देश!

विदेशमा रहेका न्युजिल्यान्डवासीहरूका लागि यो लामो समयदेखि मजाकको विषय बन्दै आएको छ।

न्युजिल्यान्डमा मानव संख्याको तुलनामा भेडाहरूको संख्या धेरै छ। विदेशमा रहेका न्युजिल्यान्डवासीहरूका लागि लामो समयदेखि यो मजाकको विषय पनि बन्ने गरेको छ।

त्यहाँको सरकारी तथ्यांक एजेन्सीले गत मंगलबार जारी गरेको नयाँ तथ्यांकअनुसार जनसंख्या ५३ लाख छ भने २ करोड ३६ लाख भेडा छन्। अर्थात, प्रत्येक न्युजिल्यान्डवासीको भागमा ४.५ भेडा पर्छन्। क्षेत्रफलको हिसाबले न्युजिल्यान्ड बेलायतको आकार बराबर छ, तर त्यहाँ मानव जनसंख्या बेलायतभन्दा १३ गुणा कम छ।

सन् १९८२ मा प्रतिव्यक्ति २२ भेडाको तुलनामा यो संख्या कम हो, जब ७ करोडभन्दा बढी भेडाहरू र केवल ३२ लाख मानिसहरू थिए। त्यतिबेला मासु र ऊनको लागि भेडा पाल्ने काम न्युजिल्यान्डको सबैभन्दा ठूलो आम्दानीको स्रोत थियो।

लगभग १५० वर्षसम्म, भेडा उद्योग न्युजिल्यान्डको अर्थतन्त्रको मेरुदण्ड रह्यो। अब, विश्वव्यापी रूपमा सिंथेटिक फाइबरमा परिवर्तनको कारणले गर्दा वर्षौंदेखि घट्दो ऊनको मूल्यले किसानहरूलाई आफ्नो पुर्ख्याैली पेशालाई परिवर्तन गर्ने बाध्य गरेको छ।

न्युजिल्यान्डको कृषि र बागवानीप्रधान निर्यात बजारको सबैभन्दा ठूलो हिस्सा अहिले डेरी उद्योगले ओगटेको छ।