टेक्सासको डालस, अष्टिन र ह्युस्टन शहरमा आयोजित कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शुल्कबापत बुझाएको रकम लुटिएको दूतावासले जनाएको छ।
काठमाडौँ– अमेरिकास्थित नेपाली दूतावासको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ चोरी भएको छ।
डिसेम्बर २२ मा दूतावासका कर्मचारी ह्युस्टनबाट वासिंटन डिसीतर्फ जाने क्रममा लुटेराले पार्किङमा राखिएको गाडी तोडफोड गरेर लुटेको दूतावासले जनाएको छ। विभिन्न स्थानमा कन्सुलर शिविर सञ्चालन गरेर फर्कने क्रममा कर्मचारीले प्रयोग गरेको गाडीबाट लुटपाट भएको हो।
‘मनी अर्डर’ र ‘क्यासियर चेक’ कति रकम बराबरको लुटिएको भन्नेबारे दूतावासले खुलाएको छैन। डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अष्टिन र ह्युस्टन शहरमा आयोजित कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शुल्कबापत बुझाएको रकम लुटिएको दूतावासको भनाइ छ।
दूतावासले विज्ञप्तिमार्फत अनुसन्धानमा सघाउन अनुरोध गरेको छ। कन्सुलर शिविर शिविरबाट सेवा प्राप्त गर्ने सेवाग्राहीलाई ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ गरिदिन अनुरोध गरेको छ।
“सेवाग्राहीको नजिक गई सेवा प्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजश्व रकम फिर्ता गर्ने कार्यमा अमेरिकावासी सबै नेपाली सेवाग्राहीले यथाशक्य सहयोग गर्नुहुनेछ”, विज्ञप्तिमा भनिएको छ।
घटनाबारे स्थानीय प्रशासन र सुरक्षा निकायलाई तत्काल जानकारी गराइएको दूतावासको विज्ञप्तिमा उल्लेख छ।
डालास, अस्टिन र ह्युस्टनमा संचालित कन्सुलर सेवा शिविरहरुबाट संकलित Money Order र Cashier check हरु लुटिएकोले अनुसन्धानमा सहयोगको लागि अनुरोधबारे pic.twitter.com/LSOgkA8K7v
— Embassy of Nepal, Washington, D.C. (@nepalembassyusa) December 23, 2022
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
