धनुषाको मिथिला विहारी नगरपालिका–८ मा बिहे भोजमा खाजा खाँदा जन्तीसहित १०० भन्दा बढी बिरामी परेका छन्।
जनकपुर– धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा भोज खाँदा जन्तीसहित १०० भन्दा बढी बिरामी परेका छन्।
जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गए राति ठेरा कचुरीमा पुगेको जन्ती स्वयंवर सकिएपछि खाजामा बुनियाँ, रसबरीलगायतका मिष्टान्न खाएको केही समयपछि पेट दुख्ने, बान्ता हुने, कमजोर हुन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख उमेश यादवले बताए।
साठी जनाभन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको अस्पतालमा उपचार भइरहेको प्रमुख यादवले बताए। केही भने उपचारपश्चात् निको भएर घर फर्किसकेका छन्।
“खाजामै प्वाइजन भएर बिरामी परेको हाम्रो अनुमान छ। घटनास्थल पुगेर हामीले खाजाको नमुना ल्याएका छौँ। परीक्षणका लागि प्रयोगशालामा पठाएको र परीक्षण गरेर के कारणले भएको हो भन्ने पुष्टि हुन्छ,” यादवले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
