धनकुटाबाट सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ।
धनकुटा– जिल्लाबाट वार्षिक ५० करोड बढीको गोलीया काठ (लकडी) निर्यात हुने गरेको छ।
सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निर्यात हुने गरेको छ। जिल्ला डिभिजन वन कार्यालयको तथ्यांकअनुसार वार्षिक २८ देखि ५७ करोडसम्मको काठ जिल्ला बाहिर निर्यात भएको छ।
पोहोर २८ लाख ८३ हजार ९१८ क्युबिक फिट काठ निकासी भएको थियो । जसमा सरकारद्वारा व्यवस्थित वनबाट १५ हजार १८० र निजी तथा नम्बरी वनबाट २८ लाख ६८ हजार सात सय ३८ क्युबिक फिट काठ निकासी भएको छ। व्यवसायीले काठको जातअनुसार प्रतिक्यूबिक फिट १०० देखि २०० रुपैयाँका दरले सरकारलाई कर तिर्ने गरेका छन्।
पोहोर आठ करोड ३१ हजार कर उठेको थियो। चालु आर्थिक वर्षको तीन महिनामा निजी वनबाट मात्र १० लाख ८५ हजार क्यूबिक फिट काठ निकासी भएको छ। जसबाट दुई करोड ९२ लाख ९३ हजार कर उठेको सहायक वन अधिकृत उत्सव थापाले जानकारी दिए।
सबैभन्दा बढी उत्तिसको काठ निर्यात हुनेगरेको कार्यालय प्रमुख मेघराज राईले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
