सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पुर्याएको थियो।
रामेछाप– वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ। सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।
सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पुर्याएको थियो। गत असोजमा आएको बाढीले सडक बगाएपछि खोलामा डाइभर्सन निर्माण गरिएको थियो।
उक्त डाइभर्सन सोमबारको बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो। अहिले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याएको कार्यालयप्रमुख सुमन योगेशले जानकारी दिए।
‘म फिल्डमै छु, अन्यत्र खासै क्षति छैन। पहिला नै बनाएको पुरानो डाइभर्सन बगाएको हो, त्यहाँ हामीले नयाँ काम गर्न बाँकी थियो। अहिले मर्मत गरेर सडक सञ्चालनमा ल्याएका छौँ,” उनले भने। राजमार्ग स्थायी रूपमा निर्माणको काम नहुँदासम्मको लागि अस्थायी रूपमा सञ्चालन हुनेगरी सडक निर्माण भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
