बांग्लादेश निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले गृह मन्त्रालयको सिफारिसका आधारमा अवामी लिगको दर्ता निलम्बन गरेको बताए।
बांग्लादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको दर्ता आगामी संसदीय चुनावमा सहभागिता रोक्ने गरी निलम्बन गरेको छ।
नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारले आइतबार अवामी लिगलाई प्रतिबन्ध लगाएपछि निर्वाचन आयोगले यो कदम चालेको हो। यो प्रतिबन्ध गत वर्ष हसिनालाई अपदस्थ गर्न प्रेरित गरेको सामूहिक विरोध प्रदर्शनमा गरेको दमनको मुद्दाको फैसला नआएसम्म जारी रहने छ।
अवामी लिग बांग्लादेशको सबैभन्दा पुरानो राजनीतिक दल हो। यसले सन् १९७१ मा देशको मुक्ति युद्धको नेतृत्व गरेको थियो।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२४ जुलाई–अगस्टमा हसिनाको सरकारले विपक्षीमाथि कारबाही गर्न क्रूर अभियान चलाउँदा एक हजार ४०० प्रदर्शनकारीको मृत्यु भएको थियो।
७७ वर्षीया हसिना भारतमा स्व–निर्वासनमा छन्। मानवताविरुद्धको अपराधको आरोपमा उनीमाथि ढाकाबाट पक्राउ पुर्जी जारी भएको छ।
बांग्लादेश निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले गृह मन्त्रालयको सिफारिसका आधारमा अवामी लिगको दर्ता निलम्बन गरेको बताए।
“गृह मन्त्रालयले बांग्लादेश अवामी लिग र यससँग जोडिएका संस्थाको सबै प्रकारका संगठनात्मक गतिविधिमा प्रतिबन्ध लगाएको छ”, उनले सोमबार राति पत्रकारसँग भने, “त्यो निर्णयलाई निरन्तरता दिँदै निर्वाचन आयोगले आयोगमा अवामी लिगको दर्ता निलम्बन गर्ने निर्णय गरेको छ।”
८४ वर्षीय युनुसले डिसेम्बरको शुरूमा र पछिल्लो समय जुन २०२६ सम्ममा संसदीय चुनाव हुने बताएका छन्।
निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले आफ्नो कारबाही सम्पन्न नगरेसम्म पार्टी र यसका सम्बद्धलाई र्याली र सम्मेलनसहित कुनै पनि राजनीतिक गतिविधि गर्न निषेध गर्ने निर्देशन पनि जारी गरेको छ।
बांग्लादेशमा चुनावमा भाग लिनेलगायत राजनीतिक गतिविधिमा संलग्न हुन राजनीतिक दल निर्वाचन आयोगमा दर्ता हुनुपर्छ।
अवामी लिगलाई प्रतिबन्ध लगाइएको यो तेस्रो पटक हो। पहिलो सन् १९७१ मा पाकिस्तानी सैन्य शासक याह्या खानको नेतृत्वमा र दोस्रो सन् १९७५ मा शेख मुजीबुर रहमानको नेतृत्वका बेलामा पनि अवामी लिगमाथि प्रतिबन्ध लागेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
