मिर्चैयामा टिपरको ठक्करबाट १ जनाको मृत्यु

मिर्चैया नगरपालिका–७ स्थित फूलबरिया खण्डमा मंगलबार टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

सिरहा– मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७ स्थित फूलबरिया खण्डमा मंगलबार टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

चुनढुंगा बोकेको टिपरको ठक्करबाट स्थानीय ६५ वर्षीय महेन्द्र महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

उदयपुरबाट चुनढुंगा बोकेर तीव्र गतिमा आएको बा प्र ०१–००४ क २९५३ नम्बरको टिपरले ठक्कर दिँदा महराको घटनास्थलमै मृत्यु भएको मिर्चैया प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राज पुरीले जानकारी दिए।

ठक्कर दिएको टिपर असन्तुलित भएर सोही स्थानबाट सडकमुनि पल्टिएको छ। टिपर चालक भने फरार भएका छन्।